Lumina
Amos

Visions of Locusts, Fire, Plumb Line

Amos 7·Nepali Bible

1परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैलेदेखें।

2सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तैसानो छ।”

3त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”

4मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।

5तबमैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकुब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”

Amos 7 illustration - Amos Chapter 7

6त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”

7तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुलसमातिरहनु भएको थियो।

8परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो,“हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरुको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।

9इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ।इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”

10बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाईतिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ।

Amos 7 illustration - Amos Chapter 7

11आमोसले भन्यो,“यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरुलाई तिनिहरुको देशबाट निर्वासित गरिनेछ।”

12अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।

13तर यहाँ बेतेलमा ज्यादाउपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।

14तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरुरूँग्ने मानिस हुँ।

15परमप्रभुले मलाई भेडा-बाख्राहरु चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरु इस्राएललाई अगमवाणी गर।’

Amos 7 illustration - Amos Chapter 7

16यसैकारण परमप्रभुकोवचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’

17परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी योशहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमिअपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”

Chapter Complete

You have read Amos 7

17 verses