Lumina
Acts

Acts 28

Acts 28·Nepali Bible

1जब हामी सुरक्षितसंग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ।

2पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

3पावलले दाउराको झिंञ्जाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।

4त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

5तर पावलले हात झडकाले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

Acts 28 illustration - Acts Chapter 28

6मानिसहरूले सोचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी र्पखिरहे तर त्यस्तो कुनै नराम्रो घटना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

7त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।

8पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

9यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

10त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।

Acts 28 illustration - Acts Chapter 28

11हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढयौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो।

12हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।

13हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

14हामीले त्यहाँ केही दाज्यु-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ।

15त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

Acts 28 illustration - Acts Chapter 28

16त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

17तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यु-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो।

18रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

19तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।

20यही कारण म तिमीहरूसंग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

Acts 28 illustration - Acts Chapter 28

21यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यु-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।

22हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

23पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

24कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

25तिनीहरूमा र्तक भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,

Acts 28 illustration - Acts Chapter 28

26‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!

27हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् ।

28“म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ।

29तिनीहरूले सुन्ने छन!

30पावल पूरा दुइ र्वष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उकहाँ भेट्न आए।

Acts 28 illustration - Acts Chapter 28

31पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्। 

Chapter Complete

You have read Acts 28

31 verses