Lumina
Acts

Acts 22

Acts 22·Nepali Bible

1पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

2पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,

3“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलकोशिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

4जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।

5प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यु-भाईहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ । म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ।पावलले आफ्नो परिवर्तन बारे भन्छन्

Acts 22 illustration - Acts Chapter 22

6“म दमीशकको बाटो जादै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्याह्र भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

7म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’

8मैले सोधें, तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’

9मानिसहरू जो मसंग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसंग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।

10मैले भने, मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’

Acts 22 illustration - Acts Chapter 22

11मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसंग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।

12“दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।

13हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।

14हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।

15सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।

Acts 22 illustration - Acts Chapter 22

16अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’

17“त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।

18मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन।’

19मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ।

20मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’

Acts 22 illustration - Acts Chapter 22

21तर येशूले मलाई भन्नु भयो, गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।”‘

22पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुञ्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!”

23तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।

24तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।

25यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै भएन, तिम्रो कोर्रा लगाउने अधिकार छ?”

Acts 22 illustration - Acts Chapter 22

26जब सेना अधिकारीले त्यस्तो सुने उ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”

27सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिनै रोमी नागरिक हौ?”पावलले जवाफ दिए, “हजुर।”

28सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरेको छु।”तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

29ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाच्डे गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

30सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।

Chapter Complete

You have read Acts 22

30 verses