Lumina
Acts

Acts 19

Acts 19·Nepali Bible

1अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।

2पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

3तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

4पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”

5जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।

Acts 19 illustration - Acts Chapter 19

6त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।

7तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।

8पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।

9तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।

10पावलले यस्तो काम दुइ र्वष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रतयेक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

Acts 19 illustration - Acts Chapter 19

11परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।

12पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

13कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,

14“म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”

15तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

Acts 19 illustration - Acts Chapter 19

16तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरु च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

17एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।

18धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।

19तिनीहरूमध्ये कति जनाले टुनामुना प्रायोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।

20यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

Acts 19 illustration - Acts Chapter 19

21तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”

22तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

23तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।

24त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

25डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सर्म्पकित मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।”

Acts 19 illustration - Acts Chapter 19

26तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ!सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।

27पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”

28यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्।”

29शहरका सबै मानिसहरु अस्तब्यस्त भएय। तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।)

30सबै मानिसहरु रंङ्ग-भवनतिर दगुरे। पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरुको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरुले तिनीहरुलाई जान दिएनन्।

Acts 19 illustration - Acts Chapter 19

31त्यस देशका कतिपय नेताहरु पावलका मित्रहरु थिए।तिनीहरुले पावलाई‘तमासा-घरभित्र नजानु’ भन्ने खबर पठाए।

32कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।

33यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।

34तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरु सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, ‘‘एफिससवासीहरुकी आर्तेमिस महान हुन्।’’ यो आवाज दुई घण्टा सम्म चलिरह्यो।

35त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?

Acts 19 illustration - Acts Chapter 19

36कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

37तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्।

38हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून।

39अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।

40किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”

Acts 19 illustration - Acts Chapter 19

41शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

Chapter Complete

You have read Acts 19

41 verses