Lumina
Acts

Acts 15

Acts 15·Nepali Bible

1त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

2पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसंग बहश गरे। तब मणडलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।

3उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।

4पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।

5यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”

Acts 15 illustration - Acts Chapter 15

6तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले।

7यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।

8परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।

9परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।

10तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!

Acts 15 illustration - Acts Chapter 15

11होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

12त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।

13तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यु-भाईहरू, ध्यान लगाएर मेरो कुरा सुन।

14शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।

15अगमवक्ताहरूको वचनहरू योसंग सहमत छः

Acts 15 illustration - Acts Chapter 15

16‘म त्यसपछि फर्की आउने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ। अनि म उसको घर नयाँ बनाउनेछु।

17ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।

18ती चीजहरू प्रारम्भको कालदेखि नै जानिएको हो।’

19“यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।

20बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छःमूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।

Acts 15 illustration - Acts Chapter 15

21तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै र्वष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

22तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।

23मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,

24हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!

25तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।

Acts 15 illustration - Acts Chapter 15

26तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्।

27त्यसैले हामीले उनीहरूसंग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्।

28पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः

29मूर्तिहरूलाई अर्पण गरिएको खाद्य नखाऊ। रगत नखानु निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको पनि यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं।”

30यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए।

Acts 15 illustration - Acts Chapter 15

31विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए।

32यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।

33त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के।

34तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यु भाईहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के।

35तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।

Acts 15 illustration - Acts Chapter 15

36केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

37बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे।

38तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसंग एक साथ नलिन जोड गरे।

39पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।

40पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।

Acts 15 illustration - Acts Chapter 15

41मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

Chapter Complete

You have read Acts 15

41 verses