Lumina
2Samuel

Kindness to Mephibosheth

2Samuel 9·Nepali Bible

1दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”

2शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

3राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”

4राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”

5त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए।

2Samuel 9 illustration - 2Samuel Chapter 9

6जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।दाऊदले भने, “मपीबोशेथ?”मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”

7दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”

8मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”

9त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ।

10तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काटूने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधे मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए।

2Samuel 9 illustration - 2Samuel Chapter 9

11सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले।

12मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने।

13मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

Chapter Complete

You have read 2Samuel 9

13 verses