Lumina
2Samuel

David King of All Israel

2Samuel 5·Nepali Bible

1त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेटून आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौ!

2जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोह्रोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।”‘

3यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।

4जब दाऊद राजा भए उनि 30 वर्षका थिए। 40 वर्षसम्म तिनले शासन गरे।

5हेब्रोनमा तिनले यहूदामाथि साढे सात वर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 वर्ष शासन गरे।

2Samuel 5 illustration - 2Samuel Chapter 5

6राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्नसक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्नसक्दैन भन्ने विचार थियो।

7तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

8त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।”यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउदैन।”

9दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए।

10दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।

2Samuel 5 illustration - 2Samuel Chapter 5

11सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए।

12तब दाऊदले बुझेकि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएका छन्। दाऊदले यो पनि बुझे यहाँ पाए कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।

13दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए।

14यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान,

15यिमार, एलीशू, नेपेग, यापि,

2Samuel 5 illustration - 2Samuel Chapter 5

16एलीशमा, एल्यादा तथा एलीपेलेत।

17पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए।

18पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।

19दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”

20तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे।

2Samuel 5 illustration - 2Samuel Chapter 5

21पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।

22फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।

23दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर।

24पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”

25परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।

Chapter Complete

You have read 2Samuel 5

25 verses