Lumina
2Samuel

Civil War; Abner Slain

2Samuel 3·Nepali Bible

1शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।

2दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।

3माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्। साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।

4काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।

5कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।

2Samuel 3 illustration - 2Samuel Chapter 3

6जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साह्रै बलिया भए।

7शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”

8ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइन। मैले दाऊदलाई तिमीलाई हराउन दिइन। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइन।अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीसउठाउनु हुन्छ।

9अब म प्रतिज्ञा गर्छु म त्यो साच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ।

10तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।”

2Samuel 3 illustration - 2Samuel Chapter 3

11ईश्बोशेतले केही भन्नुको सट्टा डरायो।

12अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।”

13दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”

14दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”

15तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए।

2Samuel 3 illustration - 2Samuel Chapter 3

16मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।

17अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ।

18अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।”‘

19अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए।

20त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।

2Samuel 3 illustration - 2Samuel Chapter 3

21अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तसँग गए।

22योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्।

23योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर ‘नेरका’ छोरा राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।”

24योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई केही गर्नु भएन किन?

25तपाईंले अबनेर ‘नेरका’ छोरालाई चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”

2Samuel 3 illustration - 2Samuel Chapter 3

26योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्।

27जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

28पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ।

29योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।”

30अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।

2Samuel 3 illustration - 2Samuel Chapter 3

31दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।

32अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।

33राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः“के अबनेर मूर्ख अपराधी झै मरे?

34अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रूनथाले।

35दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।”

2Samuel 3 illustration - 2Samuel Chapter 3

36सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए।

37यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा।

38राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो।

39आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”शाऊलको परिवारमा समस्या

Chapter Complete

You have read 2Samuel 3

39 verses