Lumina
2Samuel

David's Song of Deliverance

2Samuel 22·Nepali Bible

1परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

2परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।

3उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।

4तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

5मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।

2Samuel 22 illustration - 2Samuel Chapter 22

6चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो

7हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।

8पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो।

9परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।

10परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!

2Samuel 22 illustration - 2Samuel Chapter 22

11उहाँ उड्ने दूतहरूमाथि हावामा उडिरहनु भएको थियो।

12परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।

13उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बाल्यो।

14परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।

15परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारामानिसहरू साह्रै डराए।

2Samuel 22 illustration - 2Samuel Chapter 22

16परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्‌यो र पानी जति सबै पन्छियो यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं।

17परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।

18मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए यसैले परमेश्वरले मलाई बचाउँनुभयो।

19म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

20परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।

2Samuel 22 illustration - 2Samuel Chapter 22

21परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।

22के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।

23म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु

24उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।

25यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रा कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।

2Samuel 22 illustration - 2Samuel Chapter 22

26यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।

27परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर, जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ

28परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।

29परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।

30तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाघ्नसक्छु।

2Samuel 22 illustration - 2Samuel Chapter 22

31परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पछ्याउँनेे मानिसहरूको रक्षा गर्नुहुन्छ

32परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।

33परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।

34परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।

35परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँनसक्छु।

2Samuel 22 illustration - 2Samuel Chapter 22

36परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ

37मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ

38म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन!

39मैले शत्रु नष्ट पारे। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।

40परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।

2Samuel 22 illustration - 2Samuel Chapter 22

41तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।

42मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्

43मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें।

44तपाईंले मेरो बिरूद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।

45विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्।

2Samuel 22 illustration - 2Samuel Chapter 22

46विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

47परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।

48उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।

49परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिरूद्धमा उठे, तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बचाउनु भयो।

50परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।

2Samuel 22 illustration - 2Samuel Chapter 22

51परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

Chapter Complete

You have read 2Samuel 22

51 verses