Lumina
2Samuel

David Returns to Jerusalem

2Samuel 19·Nepali Bible

1मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”

2दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”

3मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए।

4राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोडजोडले रोइरहेका थिए।”

5योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए।

2Samuel 19 illustration - 2Samuel Chapter 19

6जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो।

7अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

8त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए।अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।

9इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्कबितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे।

10यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”

2Samuel 19 illustration - 2Samuel Chapter 19

11राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे।

12तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयो।’

13अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।”‘

14दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

15तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेटून आए र उहाँलाई यर्दन नदी पारि लगे।

2Samuel 19 illustration - 2Samuel Chapter 19

16गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेटून हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए।

17झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।

18ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेटून आए।

19राजाको अघि भुंइतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरें त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कुकर्महरू नसम्झनुहोस्।

20मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेटूने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

2Samuel 19 illustration - 2Samuel Chapter 19

21तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

22दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”

23तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।

24शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइञ्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुंगा काटेनन् र लुगाफाटा धोएनन्।

25जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”

2Samuel 19 illustration - 2Samuel Chapter 19

26मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेटून जान्छु।’

27तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेटून गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्।

28तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

29राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

30मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

2Samuel 19 illustration - 2Samuel Chapter 19

31गिलादीको र्बजितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए।

32र्बजितले 80 वर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। र्बजितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए।

33दाऊदले र्बजितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु भने।”

34तर र्बजितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति वर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ?

35म 80 वर्षको मानिस हूँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?

2Samuel 19 illustration - 2Samuel Chapter 19

36तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु।

37तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”

38राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

39राजाले र्बजितलाई म्वाई खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

40राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।

2Samuel 19 illustration - 2Samuel Chapter 19

41सबै इस्राएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

42यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

43इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं किन? राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियौ।

Chapter Complete

You have read 2Samuel 19

43 verses