Lumina
2Samuel

Death of Absalom

2Samuel 18·Nepali Bible

1दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने।

2दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए। राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”

3तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”

4राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।”तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।

5योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालू बन्नु।”राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।

2Samuel 18 illustration - 2Samuel Chapter 18

6दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे।

7दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए।

8देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।

9अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढ भाग्ने चेष्टा गरे। खच्चर बजराठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए।

10एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बाजको रूखमा अब्शालोम झुण्डिरहेको देखे।”

2Samuel 18 illustration - 2Samuel Chapter 18

11योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!”

12त्यस मानिसले योआबलाइ भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइन। कारण राजाले तपाईं अबीशै र इत्तैलाई भएको आदेश हामीले सुन्यौ। राजाले भनेका थिए, ‘नौजवान अब्शालोमलाई चोट नपुर्याउनु।’

13यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।”

14योआबले भने, “म यहाँ तँसंग समय बरबाद गर्दिन।”अब्शालोम अझै जीवितै बाजको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो।

15योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।

2Samuel 18 illustration - 2Samuel Chapter 18

16अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके।

17योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए।अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।

18जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।

19सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर स्‌चना दिन्छु।”

20योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किन? किनभने राजाका छोरा मारिएका छन्।”

2Samuel 18 illustration - 2Samuel Chapter 18

21तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्‌चना गर।”कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।

22तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”

23अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।”योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।”तब अहीमास यर्दन बेंसी भएर कूशीलाई नाघेर गए।

24दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एक्लै कुद्‌दै आइरहेको देखे।

25पहरादारले चिच्याएर राजा दाऊदलाई भने।राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।”शहरको नजिकै त्यो मानिस आइपुग्यो।

2Samuel 18 illustration - 2Samuel Chapter 18

26पहरादारले अर्को मानिस पनि कुद्‌दै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एकलै कुदेर आइरहेछ।राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”

27त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्‌दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।”राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”

28अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

29राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?” अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”

30तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए।

2Samuel 18 illustration - 2Samuel Chapter 18

31कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”

32राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

33तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

Chapter Complete

You have read 2Samuel 18

33 verses