Lumina
2Samuel

David Mourns Saul and Jonathan

2Samuel 1·Nepali Bible

1दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।

2तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

3दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”

4दाऊदले भने, “मलाई भन, के भयो?”त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”

5दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”

2Samuel 1 illustration - 2Samuel Chapter 1

6त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।

7शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।

8तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।

9अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’

10उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्‌न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”

2Samuel 1 illustration - 2Samuel Chapter 1

11दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।

12तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

13तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”

14दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”

15तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्।

2Samuel 1 illustration - 2Samuel Chapter 1

16तेरो आफ्नै भनाईमा त दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।

17शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।

18यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमायो लेखिइएको छ।

19“इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!

20गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।

2Samuel 1 illustration - 2Samuel Chapter 1

21म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।

22जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

23शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।

24इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।

25बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।

2Samuel 1 illustration - 2Samuel Chapter 1

26हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।

27बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।”

Chapter Complete

You have read 2Samuel 1

27 verses