Lumina
2Kings

Elijah Taken to Heaven

2Kings 2·Nepali Bible

1जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।

2एलियाले एलीशालाई भने, “कृपया यही पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।

3बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”एलीशाले भने, “हो म जान्दछु यो। यस बारे कुरा नगर।”

4एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

5यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”एलीशाले भने, “हो, म जान्दछु यो विषयमा कुरा नगर।”

2Kings 2 illustration - 2Kings Chapter 2

6एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

7अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुसरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए।

8एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।

9जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?” एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”

10एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”

2Kings 2 illustration - 2Kings Chapter 2

11एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।

12एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।

13एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए।

14एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

15जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।

2Kings 2 illustration - 2Kings Chapter 2

16तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”

17अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारूञ्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्।

18यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”

19शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उँमार्दैन।”

20एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।”मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए।

2Kings 2 illustration - 2Kings Chapter 2

21तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।”‘

22पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।

23एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालुखुइले मान्छे। माथि चढ तँ तालुखुईले मान्छे।”

24एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

25एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।योराम इस्राएलका राजा हुन्छन्

Chapter Complete

You have read 2Kings 2

25 verses