Lumina
2Kings

Sennacherib's Defeat

2Kings 19·Nepali Bible

1राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

2हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।

3राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।

4सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘

5राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए।

2Kings 19 illustration - 2Kings Chapter 19

6यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।

7म उसमा आत्मा समावेश गराउँदैछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।”‘

8सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए।

9अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः

10यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”

2Kings 19 illustration - 2Kings Chapter 19

11तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अहँ!

12ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्‌तम गरे।

13हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।

14हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए।

15हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

2Kings 19 illustration - 2Kings Chapter 19

16हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।

17हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्‌तम पारे।

18तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुंङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्‌तम पार्न सके।

19यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

20आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।’

2Kings 19 illustration - 2Kings Chapter 19

21“सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।

22तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?

23तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।

24मैले कुवा खनें र अञ्जान ठाउँहरूको पानी पिएँ। मेरो खुट्टाको पैतालाले मैले मिश्र देशका खोलाहरू सुकाइदिएँ।”

25त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो? “मैले धेरै अघि यो योजना गरें प्राचीनकाल देखि नै मैले यो योजना गरे। अनि अब, मैले यो हुन दिएको छु। मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।

2Kings 19 illustration - 2Kings Chapter 19

26शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।

27म जान्दछु तिमी कहिले बस्छौ म जान्दछु तिमी कहिले लडाइँ गर्न जान्छौ अनि कहिले तिमी घर फर्किन्छौ। अनि म जान्दछु कहिले तिमी ममाथि रिसाएको हुन्छौ।

28पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”

29“यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।

30यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्।

2Kings 19 illustration - 2Kings Chapter 19

31किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।

32“यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छःउ यस शहरमा आउने छैन। उ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन। उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन। उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।

33उ त्यही बाटो फर्किनेछ जुन बाटो आउँछ उ यस शहरमा आउने छैन। परमप्रभु यसो भन्नुहुन्छ,

34म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”

35त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।

2Kings 19 illustration - 2Kings Chapter 19

36यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे।

37एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्‌दोन उनीपछि नयाँ राजा भए।

Chapter Complete

You have read 2Kings 19

37 verses