Lumina
2Kings

Hezekiah King of Judah

2Kings 18·Nepali Bible

1आहारजका छोरा हिजकियाह यहूदाका राजा थिए। एलाका छोरा होशे इस्राएलका राजा हुँदा तेस्रो वर्षमा हिजकियाहले शासन गर्न शुरू गरे।

2हिजकियाह 25 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। हिजकियाहले यरूशलेममा 29 वर्ष शासन गरे। उनकी आमा जकर्याहकी छोरीको नाउँ अबी थियो।

3हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।

4हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।

5हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।

2Kings 18 illustration - 2Kings Chapter 18

6हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।

7परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे।हिजकियाह अश्शूरका राजाबाट अलग भए। हिजकियाहले अश्शूरका राजाको सेवा गर्न बन्द गरे।

8हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।

9अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।

10तेस्रो वर्षको अन्तमा, शल्मनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदाका राजा हिजकियाहको छैटौं वर्षमा कब्जा गरे। यो इस्राएलका राजा होशे भएको नवौं वर्ष थियो।

2Kings 18 illustration - 2Kings Chapter 18

11अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूर लगे। उनले तिनीहरूलाई हाबीर (गोजान नदी) किनारमा हलह र मादीमा बसाए।

12यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।

13हिजकियाहको शासनकालको 14औं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते।

14तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।”तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्न्‌ भने।

15हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।

2Kings 18 illustration - 2Kings Chapter 18

16त्यस समयमा हिजकियाहले परमप्रभुको मन्दिरको ढोकाहरू र चौखटहरूमा लगाइएका सुन उप्काए। राजा हिजकियाहले नै ती ढोकाहरू र चौखटहरूमा सुन जोड्ने काम गरेका थिए। हिजकियाहले ती सुन अश्शूरका राजालाई दिए।

17अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।

18यी मानिसहरूले राजालाई बोलाए। हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दैथे।) शेब्ना (मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।

19सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अश्शूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भनः तिमी केमाथि विश्वास गर्दछौ?

20तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।

2Kings 18 illustration - 2Kings Chapter 18

21तिमी भाँचिएको बेतको लौरोको मद्दत लिंदै छौ। यो हिंड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भाँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्।

22हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”

23अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।

24तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।

25म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”

2Kings 18 illustration - 2Kings Chapter 18

26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”

27तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”

28तब सेनापति जोरसित हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज, अश्शूरका राजाबाट यो सन्देश सुन।

29राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्।’

30हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्। हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अश्शूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्!’

2Kings 18 illustration - 2Kings Chapter 18

31तर हिजकियाहका कुरा नसुन्!“अश्शूरका राजा यस्तो भन्दछन्; ‘मसित शान्ति सन्धि गर अनि मसँग मिल। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अंञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ।

32तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ।’

33के अर्कै राष्ट्रका देवताहरूमध्ये कसैले अश्शूरका राजाबाट उनको देशलाई बचाउन सक्यो? सकेन!

34हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?

35सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।”

2Kings 18 illustration - 2Kings Chapter 18

36तर मानिसहरू बोलेका थिएनन्। तिनीहरूले सेनापतिलाई एक शब्द पनि भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई आदेश दिएका थिए। उनले भने, “उनलाई केही नभन।”

37हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।

Chapter Complete

You have read 2Kings 18

37 verses