Lumina
2Corinthians

2Corinthians 3

2Corinthians 3·Nepali Bible

1फेरि के हामी हाम्रै विषयमा गर्व गछौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ?

2तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्।

3यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुंगाका पाटीहरूमालेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।

4हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं।

5हामी भन्दैनौ कि कुनै पनि काम आफै राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ।

2Corinthians 3 illustration - 2Corinthians Chapter 3

6(परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग बनाउनु भएको छ। योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।

7मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनष्ठ्वुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो।

8पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला?

9मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ।

10त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाजीन्छ, त्यो सेवाको महिमा हराउँछ।

2Corinthians 3 illustration - 2Corinthians Chapter 3

11त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।

12हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं।

13हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्।

14तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।

15तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ।

2Corinthians 3 illustration - 2Corinthians Chapter 3

16तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ।

17‘प्रभु’ आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ।

18हाम्रो अनुहार ढाकिएको छैन्। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन झन महिमा ल्याउँछ।

Chapter Complete

You have read 2Corinthians 3

18 verses