Lumina
2Corinthians

2Corinthians 2

2Corinthians 2·Nepali Bible

1यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन।

2मैले तिमीहरूलाई दुखित बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःख बनाएँ।

3यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ।

4अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुखित थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुखित तुल्याउनु लेखेको थिइन। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।

5तिमीहरूलाई मण्डलीमा कसैले दुखित पार्यो। उसले मलाई दुखित बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ।

2Corinthians 2 illustration - 2Corinthians Chapter 2

6तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ।

7तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ।

8यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ।

9यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें।

10कसैलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ।

2Corinthians 2 illustration - 2Corinthians Chapter 2

11शैतानले हामीबाट केही नछिनोस् भनेर मैले त्योसो गरेको हूँ। शैतानको के के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।

12ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो।

13तर मैले मनमा शान्ति पाइन, किन मैले मेरा भाइ तीतसलाई त्यहां भेटिनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तिर लागें।

14तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।

15परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

2Corinthians 2 illustration - 2Corinthians Chapter 2

16मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ?

17हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।

Chapter Complete

You have read 2Corinthians 2

17 verses