Lumina
2Chronicles

Joash Crowned

2Chronicles 23·Nepali Bible

1छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।

2तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए।

3एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।

4अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्।

5अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।

2Chronicles 23 illustration - 2Chronicles Chapter 23

6कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ।

7लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”

8लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए।

9पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।

10तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए।

2Chronicles 23 illustration - 2Chronicles Chapter 23

11तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”

12अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्।

13तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”

14पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।”

15तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्‌कालै त्यही स्थानमा मारिदिए।

2Chronicles 23 illustration - 2Chronicles Chapter 23

16तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।

17सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।

18तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।

19यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

20यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।

2Chronicles 23 illustration - 2Chronicles Chapter 23

21यहूदिका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो।योआशले फेरि मन्दिर निर्माण गर्छन्

Chapter Complete

You have read 2Chronicles 23

21 verses