Lumina
2Chronicles

Asa's Reign

2Chronicles 14·Nepali Bible

1अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।

2आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

3आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।

4आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।

5आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी राज्यमा शान्ति थियो। जब आसा राजा थिए।

2Chronicles 14 illustration - 2Chronicles Chapter 14

6आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी वर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।

7आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

8आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।

9तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।

10आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।

2Chronicles 14 illustration - 2Chronicles Chapter 14

11आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”

12तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।

13आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।

14आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे।

15आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।आसाका परिवर्त्तनहरू

Chapter Complete

You have read 2Chronicles 14

15 verses