Lumina
1Timothy

1Timothy 2

1Timothy 2·Nepali Bible

1प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ।

2राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ।

3यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।

4परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्।

5परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।

1Timothy 2 illustration - 1Timothy Chapter 2

6सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।

7त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुसरण गर्नु सिकाउँछु।

8मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगडालु हुनु हुँदैन।

9स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन।

10तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती स्त्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।

1Timothy 2 illustration - 1Timothy Chapter 2

11स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकून्।

12तर म कुनै स्त्रीलाई शिक्षा दिने तथा कुनै पुरुषमाथि अधिकार जमाउने अनुमति दिंदिन, तर स्त्री चुपचाप बस्नुपर्छ।

13किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको।

14शैतानद्वारा ठगिने आदम थिएन। त्यो स्त्री थिई जो ठगिई अनि पापी बनी।

15तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्।

Chapter Complete

You have read 1Timothy 2

15 verses