Lumina
1Thessalonians

1Thessalonians 2

1Thessalonians 2·Nepali Bible

1दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन।

2हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।

3हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन।

4होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।

5तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।

1Thessalonians 2 illustration - 1Thessalonians Chapter 2

6हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।

7हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरुको हेरचाहमा र्गदिछिन्।

8हामीले तिमीहरूलाई धेरैमाय गरयौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाड्न चाहेका छौं।

9दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गयौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

10जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्रता, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ।

1Thessalonians 2 illustration - 1Thessalonians Chapter 2

11जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गरयौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्।

12हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्‌यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।

13तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।

14दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदीयामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदीयामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौ।

15ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।

1Thessalonians 2 illustration - 1Thessalonians Chapter 2

16तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपादै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।

17हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ।

18हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँचो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैं बाधा पुर्यायो।

19जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ।

20तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।

Chapter Complete

You have read 1Thessalonians 2

20 verses