Lumina
1Samuel

Jonathan Warns David

1Samuel 20·Nepali Bible

1रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”

2जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले र यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”

3तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”

4जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”

5त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।

1Samuel 20 illustration - 1Samuel Chapter 20

6यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेटन देऊ भने।’

7यदि तिम्रा पिताले ठीक छ ‘भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ।

8म माथि दया गर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”

9जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”

10दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”

1Samuel 20 illustration - 1Samuel Chapter 20

11तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।

12जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु।

13यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।

14जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि

15मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ।

1Samuel 20 illustration - 1Samuel Chapter 20

16त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि हबस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”

17त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।

18जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ।

19तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु।

20तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु।

1Samuel 20 illustration - 1Samuel Chapter 20

21म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज। त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन।

22तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो।

23दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सँधै भरी हाम्रो साक्षी हुनुहुन्छ।”

24त्यसपछि दाऊद खेतमा लुक्न गए।औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे।

25राजा पर्खाल कै छेउमा सधैं झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो।

1Samuel 20 illustration - 1Samuel Chapter 20

26त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”

27तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?”

28जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो।

29उसले भन्यो, “मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्। त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”

30शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्।

1Samuel 20 illustration - 1Samuel Chapter 20

31जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”

32जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”

33तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।

34जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।

35भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए।

1Samuel 20 illustration - 1Samuel Chapter 20

36जोनाथनले केटोलाई भने, “कुद्‌दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने।

37काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।”

38फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

39यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो।

40जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।

1Samuel 20 illustration - 1Samuel Chapter 20

41केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।

42जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। “हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैं भरी साक्षी रहनु हुनेछ।”

Chapter Complete

You have read 1Samuel 20

42 verses