Lumina
1Kings

God Appears to Solomon Again

1Kings 9·Nepali Bible

1यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।

2तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो।

3परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।

4तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।

5“यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।

1Kings 9 illustration - 1Kings Chapter 9

6तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुसरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने,

7तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

8यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

9अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुसरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।

10परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।

1Kings 9 illustration - 1Kings Chapter 9

11अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।

12यसर्थ हीरामले सोरबाट शहरहरू र्हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्।

13उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ।

14हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।

15राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।

1Kings 9 illustration - 1Kings Chapter 9

16कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म पारेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बस्ने गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए।

17सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए।

18राजा सुलेमानले यहूदा मरूभूमिमा बालात र तामार शहर पनि बनाए।

19राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’

20ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

1Kings 9 illustration - 1Kings Chapter 9

21इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

22सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।

23सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।

24फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।

25सुलेमान वर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।

1Kings 9 illustration - 1Kings Chapter 9

26राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।

27राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनग्गे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरू सँग काम गर्न पठाए।

28सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

Chapter Complete

You have read 1Kings 9

28 verses