Lumina
1Kings

Solomon's Wisdom

1Kings 3·Nepali Bible

1सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए।

2मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

3सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

4राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।

5सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”

1Kings 3 illustration - 1Kings Chapter 3

6सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।

7परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोह्रयाउन गर्ने अनुभवको कामेछ।

8म, तपाईंको दास हँू अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हूँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।

9यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

10सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो।

1Kings 3 illustration - 1Kings Chapter 3

11यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्।

12यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन।

13तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।

14म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुसरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”

15सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।

1Kings 3 illustration - 1Kings Chapter 3

16एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए।

17एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।

18तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं।

19एक रात यो आइमाई आफ्नो नानीसंग सुतेकी थिई, नानी मरेछ।

20राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी।

1Kings 3 illustration - 1Kings Chapter 3

21बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”

22तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!”तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।

23तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।”

24तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए।

25अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”

1Kings 3 illustration - 1Kings Chapter 3

26अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।”तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”

27तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”

28इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।

Chapter Complete

You have read 1Kings 3

28 verses