Lumina
1Kings

Solomon Made King

1Kings 1·Nepali Bible

1राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्।

2यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।”

3यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए।

4युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

5अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे।

1Kings 1 illustration - 1Kings Chapter 1

6राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”

7अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए।

8तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

9एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।

10तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।

1Kings 1 illustration - 1Kings Chapter 1

11तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्।

12तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन संकटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,

13राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’

14तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”

15यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई।

1Kings 1 illustration - 1Kings Chapter 1

16बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”

17बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’

18अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्।

19अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन।

20हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्।

1Kings 1 illustration - 1Kings Chapter 1

21तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठाहरिनेछौं।”

22राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए।

23चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।

24अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ?

25किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’

1Kings 1 illustration - 1Kings Chapter 1

26तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्।

27मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”

28तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।

29तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु।

30आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”

1Kings 1 illustration - 1Kings Chapter 1

31तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

32तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए।

33तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ।

34त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’

35त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”

1Kings 1 illustration - 1Kings Chapter 1

36यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।

37मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढनेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

38यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए।

39पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले र्हषित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”

40तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुईं र्थकिने गरी कराउँदै थिए।

1Kings 1 illustration - 1Kings Chapter 1

41त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”

42जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”

43तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए।

44राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए।

45तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो।

1Kings 1 illustration - 1Kings Chapter 1

46सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान् राजा हुनुहुन्छः अब हामी प्रार्थना गर्छौ, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान् राजा बनाउनुहुनेछ।

47हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए!राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे।

48अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।”

49अदोनियाहका सबै अतिथिहरू र्तसिए अनि छिट्टै गए।

50अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते।

1Kings 1 illustration - 1Kings Chapter 1

51तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सीगं समाते र पवित्र पालमा बसेको छ अनि छोडन पनि चाहदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।”‘

52सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।”

53तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

Chapter Complete

You have read 1Kings 1

53 verses