Lumina
1John

1John 3

1John 3·Nepali Bible

1हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।

2प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

3ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।

4जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।

5तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।

1John 3 illustration - 1John Chapter 3

6यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।

7प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।

8शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।

9जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।

10यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।

1John 3 illustration - 1John Chapter 3

11यो त्यो शिक्षा हो जो तिमीहरुले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।

12कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।

13भाइ अनि बहिनीहरु, जब यस संसारका मानिसहरुले तिमीहरुलाई घृणा गर्छन्, आश्चर्यचकित नबन।

14हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।

15हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ उ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।

1John 3 illustration - 1John Chapter 3

16साँचो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ बरिनीहरुका निम्ति अर्पण गर्नुपर्छ।

17कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

18मेरो बालकहरु, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँचो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।

19त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई र्भत्सना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन सान्तवना गराउन सक्छौं।

20किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।

1John 3 illustration - 1John Chapter 3

21मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।

22अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।

23यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।

24मानिस जसले परमेश्वरका आदेशहरु पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जोे परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

Chapter Complete

You have read 1John 3

24 verses