Lumina
1Corinthians

1Corinthians 5

1Corinthians 5·Nepali Bible

1तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।

2अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।

3म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।

4हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ।

5अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।

1Corinthians 5 illustration - 1Corinthians Chapter 5

6तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।

7बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।

8यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो।

9मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

10तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।

1Corinthians 5 illustration - 1Corinthians Chapter 5

11म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

12ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफै द्वारा जाँचिने छन्।

13तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।।

Chapter Complete

You have read 1Corinthians 5

13 verses