Lumina
1Chronicles

Returnees from Exile

1Chronicles 9·Nepali Bible

1इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।

2सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

3यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।

4ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

5शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

6यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।

7यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए।

8यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए।

9बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।

10यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

11अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए।

12त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहूरका छोरा थिए। पशहूर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मशुल्लामका छोरा थिए। मशुल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए।

13त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।

14यी लेवी कुल समूहका मानिसहरू हुन जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए।

15यरूशलेममा बस्ने बक्‌बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिक्रीका छोरा थिए। जिक्री आसापका छोरा थिए।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

16ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

17यी द्वारपालकहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।

18तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालकहरू थिए।

19शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपालक थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो।

20अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

21जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपालक थिए।

22जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए।

23द्वारपालकहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो।

24त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण।

25द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

26चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो।

27तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।

28केही द्वारपालकहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।

29केही द्वारपालकहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।

30पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

31मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए।

32केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।

33लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।

34यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।

35यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

36यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब,

37गदोर, अहियो, जकर्याह, अनि मिक्लोत थियो।

38मिक्लोत शिमामका पिता थिए। यीएलका परिवार यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।

39नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

40जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।

1Chronicles 9 illustration - 1Chronicles Chapter 9

41मीकाका छोराहरू पीतोन, मेलेक, तहरै अनि आहाज थिए।

42आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।

43मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।

44आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।

Chapter Complete

You have read 1Chronicles 9

44 verses