Lumina
1Chronicles

Tribes of Issachar, Benjamin

1Chronicles 7·Nepali Bible

1इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।

2तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

3उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।

4तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।

5वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

6बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।

7बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।

8बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए

9तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।

10यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

11यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।

12शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।

13नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए। अनि यी बिल्हाका सन्तानहरू थिए।

14यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।

15माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी स्त्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

16माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।

17ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए।

18माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए।

19शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।

20यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

21तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोर्न गएका थिए।

22एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए।

23तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो।

24एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।

25रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। माहान तेलहका छोरा थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

26लादान माहानका छोरा थिए। अम्मीहूद लादानका छोरा थिए। एलीशामा अम्मीहूकादा छोरा थिए।

27नून एलीशामाका छोरा थिए। यहोशू नूनका छोरा थिए।

28यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे।

29मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।

30आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

31बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।

32येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए।

33यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अश्वात थिए। यी येप्लेतका छोराहरू थिए।

34शोमेरका छोराहरू अही, रोहगा, यहूब्बा अनि अराम थियो।

35शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शेलेश अनि आमाल थिए।

1Chronicles 7 illustration - 1Chronicles Chapter 7

36सोपहका छोराहरू सूह, हेर्नेपेर, शूआल, बेरी, यिम्राह,

37बेसेर, होद, शम्मा, शिल्शा, यित्रान अनि बेरा थिए।

38येतेरका छोराहरू- यपून्ने, पिस्पा अनि अरा थिए।

39उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिसिया थिए।

40यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।

Chapter Complete

You have read 1Chronicles 7

40 verses