Lumina
1Chronicles

David's Victories

1Chronicles 18·Nepali Bible

1पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका सा-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।

2त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।

3दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।

4दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइदिए।

5अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए।

1Chronicles 18 illustration - 1Chronicles Chapter 18

6दाऊदले अराममीहरूको राज्य दमीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीकहाँ कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो।

7दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यरूशलेममा ल्याए।

8दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।

9तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने।

10यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि कांसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।

1Chronicles 18 illustration - 1Chronicles Chapter 18

11दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्‌याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।

12अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे।

13अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुकै गए पनि विजय दिलाउनु भयो।

14दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।

15योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोरा दाऊदले गरेका कार्यहरूको विषयमा लेखे।

1Chronicles 18 illustration - 1Chronicles Chapter 18

16सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखपाल थिए।

17बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊद संग सेवागर्थे।अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्

Chapter Complete

You have read 1Chronicles 18

17 verses